अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 07:08

धादिङको त्रिसुलीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुग्यो

बिआरटीनेपाल २०७४ कार्तिक ११ गते ४:३४ मा प्रकाशित

 

धादिङको गजुरी गाउँपालिका ५घाटबेशी बांगेमोडमा आज बिहान भएको यात्रुवहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खस्दा अहिले सम्म मृत्यु हुनेको संख्या ३० पुगेको हो ।

हाल सम्म १६ जना घाइतेको उद्दार गरिएको यो दुर्घटनामा परि मृत्यु हुने मध्य १२ जनाको मात्र सनाखत भएको छ । सनाखत हुनेहरुमा १ जना भारतिय नागरिक बाहेक अन्य सबै सप्तरी र एकजना सिराहा जिल्लाका रहेका छन् । जसमा मधुवनी बिहार ईन्डियाकी ममता देवी ठाकुर, सिरहाका  राज कपुर यादब  र सप्तरीका नरेश मुखिया – सप्तरी
शुसान चौधरी ,रमानन्द यादव, संजित कुमार झा, सिम्मी कुमारी झा, आदित्य यादव, पार्वती चौधारी,चन्द्ररेखा प्रमणी,
मन्जित कुमार झा, चन्द्रावती झा  छन् ।

उद्दार गरिएका घाइतेकोहरुका अनुसार बसमा ६४ यात्रु थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू