अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८
| Colorodo: 07:53
संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नं १ बाट पार्टी अध्यक्ष उपेन्द्र यादवको सिफारिस गरेको छ ।
फोरमको क्षेत्रीय कार्यसमितिको निर्णयानुसार पार्टी अध्यक्ष यादवको नाम सिरहा क्षेत्र नं १ बाट सिफारिस भएको फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिनुभयो ।
सिरहा १ बाट अध्यक्ष यादवसहित केन्द्रीय सदस्य सत्यनारायण यादव, सरिता गिरी र राजलाल यादवको नामसमेत सिफारिस गरिएको छ ।