अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३७ | Colorodo: 23:52

जर्मनीले युक्रेनलाई १८ वटा लियोपार्ड–२ लडाकु ट्याङ्क दियो

बिआरटीनेपाल २०७९ चैत १४ गते ७:५५ मा प्रकाशित

जर्मनीले युक्रेनलाई लियोपार्ड–२ लडाकु ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ ।युक्रेनी टोलीलाई लियोपार्ड–२ ट्याङ्क प्रयोग र सञ्चालनको प्रशिक्षण दिएपछि पहिलो खेपमा १८ वटा अत्याधुनिक युद्ध ट्याङ्क पठाइएको रक्षा मन्त्री बोरिस पिस्टोरियसले बताउनुभएको छ । गएको जनवरीमा जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गर्ने आश्वासन दिएको थियो ।

किएभबाट प्राप्त समाचारअनुसार बेलायतले प्रदान गरेका च्यालेञ्जर–२ ट्याङ्क पनि युक्रेन पुगेका छन् । गएको वर्ष रुसले आफूमाथि आक्रमण गरेपछि युक्रेनले आफ्ना समर्थक देशसँग थप आधुनिक सवारी साधन र हतियार माग गर्दै आएको थियो । बेलायतबाट आफूलाई लियोपार्ड–२ प्राप्त भएको सम्बन्धमा किएभले कुनै जानकारी नदिए पनि च्यालेञ्जर–२ ट्याङ्क प्राप्त गरेको पुष्टि गरेको छ । बेलायतको रक्षा मन्त्रालयका प्रवक्ता इरिना जोलोटारले च्यालेञ्जर–२ ट्याङ्क युक्रेन पुगेको जानकारी दिँदै युक्रेनी सैन्य टोलीले ट्याङ्क सञ्चालनको तालिम बेलायतमा लिएको बताउनुभएको छ । यद्यपि उहाँले लियोपार्ड–२ बारे कुनै जानकारी दिनुभएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू