अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२६ | Colorodo: 18:41

बीबीसी विश्वका सय जना प्रभावशाली महिलाको सूची सार्वजनिक

बिआरटीनेपाल २०७९ मंसिर २० गते ५:२९ मा प्रकाशित

बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट सय जना प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ ।

सूचीमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियङ्का चोपडा जोनस र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास, घानाकी लेखिका नाना डार्कोका सेकिआमाहलगायत रहेका छन् । सूचीमा यसपटक भने कुनै नेपाली परेका छैनन् ।

यो सूचीले सन् २०२२ मा विश्वभरि द्वन्द्वको केन्द्रमा महिलाको भूमिकालाई प्रतिबिम्बित गरेको बीबीसीले जनाएको छ । बीबीसीले हरेक वर्ष विश्वभरका एक सय जना प्रभावशाली र प्रेरणादायी महिलाहरूको नाम सार्वजनिक गर्दै आएको छ । यो सूची दशौँ संस्करण हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू