अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 16:14

फुटबलको विकासका लागि नेपाल र साउदी अरबबीच दुई वर्षे सम्झौता

बिआरटीनेपाल २०७८ माघ ३ गते ६:४७ मा प्रकाशित

फुटबल विकासका लागि नेपाल र साउदी अरबबीच सम्झौता भएको छ । फुटबलका विभिन्न पक्षको विकासका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच दुई वर्षको सम्झौता भएको हो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताका लागि एन्फा अध्यक्ष शेर्पा साउदी जानुभएको छ । सम्झौता अनुसार दुबै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आथित्यता प्रदान गर्नेछन् । दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र विभिन्न उमेर समूह १७ वर्ष मुनि, २० वर्ष मुनि र २३ वर्ष मुनिको प्रशिक्षणका सहयोग आदानप्रदान हुनेछ ।

यस्तै रेफ्री विकास, रेफ्री शिक्षा, भीएआर सीप र रेफ्री नियुक्तिसम्बन्धी कार्यक्रमहरू आदानप्रदान हुनेछ । त्यस्तै युवा फुटबल विकासका लागि विभिन्न कार्यशाला, बैठक र सेमिनारहरू आयोजना गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू