अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

भारतीय वायू सेनाका प्रमुख रावत सवार हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ मंसिर २२ गते ६:५६ मा प्रकाशित

भारतीय वायू सेनाका प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । सेना प्रमुख रावत सवार हेलिकप्टर आज दिउँसो तमिलनाडू राज्यमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको तमिलनाडूका वनमन्त्री रामचन्द्रले जानकारी दिनुभयो । उहाँका अनुसार एमआई–१७ भी ५ नामक हेलिकप्टरमा सेना प्रमुखसहित अन्य १४ जना सवार थिए ।

दुर्घटनामा सेना प्रमुख रावतको समेत ज्यान गएको भारतीय संचारमाध्यमहरुले छन् । उहाँ सवार हेलिकप्टर भारतको राजधानी दिल्लीबाट तमिलनाडू तर्फ जाँदै गर्दा खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । भारतका केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहले घटनाको विषयमा अनुसन्धानका लागि विशेष टोली बनाइने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू