अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

तालीवानीद्वारा १ सय जना सुरक्षाकर्मीको हत्या

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:१६ मा प्रकाशित

अफगानिस्तानमा तालीवानीहरुले १ सय जना पुर्व सेना र प्रहरी लगायत खुफिया अधिकारीको हत्या गरेको र केहीलाई बेपत्ता पारेको खुलासा भएको छ । मानव अधिकार समहुले गत अगष्टमा अफगानिस्तानको सत्ता सम्हालेपछी तालिवानले एक सय जना पुर्व सुरक्षाकर्मीहरुको हत्या गरेको दाबी गरेको हो ।

सत्ता कब्जा गरे लगत्तै पुर्व सैनिक र प्रहरीहरुलाई आम माफी दिएको घोषणा गरे पनि तालिवानले उनीहरुको क्रुरतापुर्वक हत्या गरेको रिपोर्टमा उल्लेख गरिएको छ । गत अगष्ट १५ देखि अक्टोबर ३१ का बीचमा उनीहरुको हत्या गरिएको दाबी रिपोर्टमा गरिएको छ ।

नांगरहार प्रान्तको राजधानी जलालाबादमा ८ घण्टा सम्म भीषण गोलाबारी गरी उनीहरुको हत्या गरिएको बताइएको छ । तालीवानले इस्लामिक स्टेट समर्थक रहेकाहरुलाई निशाना बनाएको रिपोर्टमा उल्लेख छ । पुर्व सेना र प्रहरीको हत्याको घटनाले अफगानिस्तान पुरै आतंकित भएको पनि जनाईएको छ ।

यसैबीच, अमेरिकाले अफगानिस्तानको बिग्रँदो स्थितीलाई मध्यनजर गर्दै पाकिस्तान लगायत नेटो आवद्ध राष्ट्रहरुसँग गठबन्धन गर्ने प्रयास जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू