अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

पाकिस्तानमा प्रदर्शन ४ जनाको मृत्यु, दर्जनौ घाइते

बिआरटीनेपाल २०७८ कार्तिक ६ गते ७:१६ मा प्रकाशित

पाकिस्तानको लाहोरमा सुरक्षाकर्मी र दषिणपन्थी समूहबीच भएको झडपमा दुई जना सुरक्षाकर्मीको सहित अन्य २ जनाको मृत्यु भएको छ । हिंसात्मक झडपमा परेर दर्जनौ प्रदर्शनकारी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।कट्टरपन्थी तहरिक ए लाबियाक पाकिस्तान (टीएलपी) पार्टीका कार्यकर्ताले राजधानी इस्लामावादमा प्रदर्शन गर्न निकालेको ¥यालीमा प्रहरीले हस्तक्षेप गर्दा सो घटना भएको बताइएको छ ।

टीएलपीले बन्दी रहेका आफ्ना नेता कार्यकर्ताका रिहाइको माग गर्दै सरकारविरुद्ध पदर्शन गर्दा सुरक्षाकर्मीले बल प्रयोग गरेको बताइएको छ । प्रदर्शनकारीहरुलाई रोक्न प्रहरीले जथाभावी अश्रु ग्यास प्रहार गरेको आन्दोलनकारीकाको गुनासो छ ।सो पार्टी प्रमुख साद रिजवीसहित आफ्ना कार्यकर्ताको बिना शर्त रिहाइको माग गर्दै टीएलपीले राजधानी इस्लमावादमा विशाल प्रदर्शनको तयारी गरेको थियो ।

इस्लाम धर्मका पैगम्बर मुहम्मदको व्यङ्ग्य चित्र प्रकाशित गरेको आरोपमा गत वर्ष फ्रान्समा भएको प्रदर्शनमा रिजवीलाई पक्राउ गरिएको थियो । हिंसा बढ्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीले आसपासका सहरबाट सर्वसाधारणलाई राजधानी प्रवेशमा रोक लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू