अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३१ | Colorodo: 21:46

तालिवानद्धारा युद्धका क्रममा मारिएका आत्मघाती लडाकुको प्रशंसा

बिआरटीनेपाल २०७८ कार्तिक ४ गते ८:२८ मा प्रकाशित

तालिबानले युद्धका क्रममा मारिएका आत्मघाती लडाकुको प्रशंसा गरेको छ ।तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको कार्यबाहक गृहमन्त्री बनेका सिराजुद्दीन हक्कानीले नेटो र अफगानी फौजविरुद्धको लडाइँमा मृत्य भएका आत्मघाती बम हमलाकारीको प्रशंसा गरेका हुन् ।

हक्कानीले युद्धका क्रममा मारिएका आत्मघाती हमलाकारीका परिवारलाई भेटेर प्रशंसा गरेको अफगानिस्तानको गृहमन्त्रालयले जनाएको छ ।गृहमन्त्री हक्कानीले आत्मघाती हमलाकारी इस्लाम र अफगानिस्तानका नायक भएको बताएका थिए । अफगान सरकारले युद्धका क्रममा मारिएका आत्मघाती लडाकुका परिवारलाई आर्थिक सहयोग पनि गरेको छ ।

उनीहरुको परिवारलाई सरकारले जग्गा उपलब्ध गराउने घोषणा पनि गरेको छ। अमेरिकाले तालिबानको पुनरागमसँगै गृहमन्त्री बनेका हक्कानीलाई अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा राखेको छ । सन् २००८ मा काबुलस्थित एक होटलमा भएको हमलामा हात रहेको भन्दै अमेरिकाको संघीय जाँच ब्यूरोले हक्कानीलाई फरार अभियुक्तको सूचीमा राखेको छ । तालिबानसँग आबद्ध हक्कानी नेटवर्कका नेता पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू