अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४३
| Colorodo: 14:58
कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको छ ।कोरोना संक्रमण तीव्र रुपमा बढेपछि बिहारका मुख्यमन्त्री नितिश कुमारले जेठ १ गतेसम्मका लागि लकडाउन घोषणा गर्नुभएको हो ।
मुख्यमन्त्री नितिश कुमारले मन्त्री र सरकारी अधिकारीहरुसँगको छलफलपछि यो निर्णय लिइएकोसामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिनुभएको हो ।भारतमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्दा बिहारमा सोमबार मात्र ११ हजार ४०७ नयाँ संक्रमित फेला परेका थिए । बिहारमा सोमबार ८२ संक्रमितको मृत्यु हुँदा राजधानी पटनामा मात्र २४ जनाको मृत्यु भएको थियो ।