अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५
| Colorodo: 12:50
अफगानिस्तानमा बन्दुकधारी समूहले एकै परिवारका आठ जनाको हत्या गरेका छन् । जलालाबाद शहरको एक मस्जिदमा बन्दुकधारी समूहले आक्रमण गरी एकै परिवारका आठ जनाको हत्या गरेका हुन् ।
प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँच जना दाजुभाइ र तीन जना भाइभतिज मारिएको जानकारी दिनुभयो । नान्गरहर प्रहरीका प्रवक्ता फरीद खानले शनिबार राति घटना भएको पुष्टि गर्नुभयो ।
अफगानिस्तानमा प्रतिशोध हत्या निकै हुने गरेको छ । यस्तो घटना निकै पुस्तासम्म चल्ने गरेको छ । मुस्लिमको पवित्र रमजान पर्वका दिनहरुमा साँझपख मस्जिदमा गएर प्रार्थना गर्ने चलन छ । यही क्रममा घटना भएको हो ।