अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१६ | Colorodo: 22:31

अमेरिकाको इन्डियानापोलिस शहरमा अन्धाधुन्ध गोली प्रहार, ८ जनाको हत्या

बिआरटीनेपाल २०७८ वैशाख ३ गते ९:०४ मा प्रकाशित

अमेरिकाको इन्डियानापोलिस शहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी ८ जनाको हत्या गरेको छन् ।सो शहरमा रहेको फेडेक्सको कार्यालय बाहिर ती व्यक्तिले सर्वसाधारणमाथि गोली प्रहार गरी हत्या गरेपछि आफैलाई गोली हानेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

गोली प्रहार गर्ने ब्यक्तिको साथबाट स्वचालित मेशिन गनका साथै राइफल बरामद गरेको छ । गत साता मात्रै अमेरिकामा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकामा बन्दुक राख्ने कानुन संशोधन गर्ने घोषण गरेकै बेला अर्को गोली काण्ड भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू