अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

नाइजरको विद्यालयमा भिषण आगलागी हुँदा २० बालबालिकाको मृत्यु

बिआरटीनेपाल २०७८ वैशाख १ गते ९:०५ मा प्रकाशित

अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मङ्गलबार लागेको भिषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरूकाअनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ । झण्डै २० जना बालबालिका तिनै कक्षाकोठामा थुनिएर आगोको चपेटामा परेका थिए ।

अग्नि नियन्त्रण विभागका कमान्डर सिडी मोहमदले उद्धारकर्ताहरुले आगो तत्कालै नियन्त्रणमा ल्याएको बताएका छन् । तर आगो निकै भयानक रहेकाले सबै बालबालिकालाई बचाउन नसिकएको बताउनुभएको छ । आगलागी सुरु हुँदा बालबालिका आआफ्ना कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपी, आगलागीको खास कारण थाहा हुन सकेको छैन ।

प्रधानमन्त्री ओहोउमोन्डोउ मोहमदुले तत्कालै घटनास्थलको निरीक्षण गर्नुभएको छ । विश्व मानव विकास सूचकाँकमा नाइजर सबैभन्दा गरिब मुलुकमा पर्दछ । साहेल क्षेत्रको यस मुलुकमा अधिकारीहरुले परालले छाएका धेरै विद्यालय बनाएका छन् जहाँ बालबालिका प्रायः भुइँमा बसेर पढ्ने गर्दछन् । यी विद्यालयमा आगलागीका घटना भइरहन्छन्, तर यति भयानक आगलागी यसअघि भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू