अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

पाकिस्तानी प्रधानमन्त्री खानलाई विश्वासको मत प्राप्त

बिआरटीनेपाल २०७७ फागुन २२ गते ७:३० मा प्रकाशित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदको तल्लो सदनमा विश्वासको मत प्राप्त गर्नुभएको छ । अविश्वास प्रस्तावमाथि शनिबार भएको मतदानमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।३ सय ४२ सिट रहेको तल्लो सदनमा प्रधानमन्त्री खानको पक्षमा १ सय ७८ मत परेको छ । सदनमा विश्वास कायम राख्नका लागि खानले १ सय ७२ मत ल्याउनु आवश्यक थियो ।

सिनेटको चुनावमा महत्त्वपूर्ण सिट गुमाएसँगै प्रधानमन्त्री खानमाथि बहुमतकोे सन्दर्भलाई लिएर प्रश्न उठेको थियो । विपक्षी दलहरूले खानको राजीनामासमेत मागेका थिए । शनिबार विदेशमन्त्री शाह मेहमूद कुरेशीले तल्लो सदनमा प्रधानमन्त्रीले विश्वासको माग गरेको भन्दै एक बुँदे प्रस्ताव पेश गर्नुभएको थियो । सोही प्रस्ताव उपर मतदान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू