अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८
| Colorodo: 08:13
पार्टी भित्रको विवादका कारण समस्यामा देखिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्श तीव्र पार्नुभएको छ ।
स्थायी कमिटि बैठकका लागि अरु सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा पर्खिरहेका बेला प्रधानमन्त्री ओलीले आज शीतल निवास गएर राष्ट्रपति भण्डारीसँग छलफल गर्नुभएको थियो ।
ओलीले आइतबार राष्ट्रपति भण्डारीसँग शीतल निवासमा झण्डै एक घण्टा परामर्श गरेको नेकपा स्रोतले बताएको छ ।