अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६
| Colorodo: 17:41
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय भिडियो शेयरिङ एप ’टिकटक’ मा खाता खोल्नुभएको छ । प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो । उहाँको खाता ’भेरिफाइड’ समेत भइसकेको छ ।
उहाँले टिकटकमा राख्नुभएको भिडियोलाई अहिलेसम्म एक लाख ६९ हजारभन्दा धेरैले हेरेका छन् । त्यो भिडियोलाई १२ हजार जनाले लाइक गर्दा दुई सयभन्दा बढी शेयर गरिएको छ । उहाँको खातालाई अहिलेसम्म दुई हजार दुई सयभन्दा बढीले फलो गरेका छन् ।