अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५१ | Colorodo: 07:06

यस्तो छ-८ बर्षपछि त्रिविले गर्न लागेको स्ववियु निवार्चनको कार्यतालिका

बिआरटीनेपाल २०७३ माघ १६ गते ३:०४ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले आगामी १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । ८ वर्षपछि त्रिविले गर्न लागेको स्ववियु निर्वाचन तालिका अनुसार निर्वाचन आउँदो फागुन १ गतेबाट सुरु हुने भएको हो ।

उम्मेदवारको २८ बर्से उमेर हदको सीमालाई लिएर विद्यार्थी संगठनले विरोध गरिरहेको समयमा त्रिविले निर्वाचनको दुई हप्ता लामो कार्यतालिका सार्वजनिक गरेर निर्वाचन मिती तोकेको हो ।

सार्वजनिक तालिका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ गते उम्मेदवारलाई मनोनयन पत्र वितरण गर्ने, ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गर्ने, ५ बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, ६ गते उम्मेदवारको नामावली उपर दाबी–विरोध गर्ने रहेको छ ।

त्यस्तै, फागुन ६ गते साँझ ५ बजे उम्मेदवारको दाबी–विरोध उपर छानबिन गरी अन्तिम नामवली प्रकाशित गर्ने, ८ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र फागुन १४ गते मतदान हुनेछ ।

त्रिविले निर्वाचनलाई लक्षित गरी त्रिविका सबै क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षको भर्ना पनि बन्द गरेको छ । आगामी १४ फागुनमा हुने स्ववियु निर्वाचन मिश्रित प्रणालीका आधारमा हुँदैछ ।

त्रिविले जारी गरेको आचारसंहिता अनुसार निर्वाचनका क्रममा विद्यार्थी संगठनले आÏनो पक्षमा मत जुटाउनका लागि कुनै तडकभडक प्रचारप्रसार गर्न नपाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू