विश्वभर हालसम्म ३ करोड १४ लाख ६ हजार ९ सय ४४ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ४ करोड ३ लाख ५१ हजार ४ सय ३८ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ११ लाख १९ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।
विश्वभर अहिलेपनि ९० लाख ८५ हजार १ सय ५४ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ७२ हजार ५५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ९० लाख १३ हजार ९९ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ८३ लाख ८८ हजार १३ जना संक्रमित भएका छन् भने २ लाख २४ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ ।
पछिल्लो विवरण अनुसार, भारतमा ७५ लाख ५२ हजार २ सय ६२ जना संक्रमित हुँदा १ लाख १४ हजार ६ सय ७० जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५२ लाख ३५ हजार ३ सय ४४ जना संक्रमित भएका छन् भने १ लाख ५३ हजार ९ सय ५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।