अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

जापानले आउँदो नोभेम्बरदेखि १२ देशका नागरिकलाई प्रवेश दिने

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:१७ मा प्रकाशित

जापानले आउँदो नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुला गरेर सरकारले ती देशहरुबाट प्रवेश दिने योजना बनाएको हो ।

जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इण्डोनेसिया, चीन, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन् । सरकारले अत्यावश्यक काम परेका र जानै पर्ने अवस्थामा रहेकाहरुलाई मात्रै यात्रा अनुमति दिन लागेको हो । जापानले अहिले विश्वका एक सय ५९ देश तथा क्षेत्रहरुबाट जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।

जापान जानुअघि यात्रुहरुले कोरोना भाइरस परीक्षण गराएर नेगेटिभ रिपोर्ट आएको कागजपत्र देखाउनुपर्नेछ । त्यसैगरी उनीहरुलाई जापान गर्यसकेपछि १४ दिनसम्म घरमै आइसोलेशनमा बस्नुपर्ने र त्यस अवधिमा सार्वजनिक यातायातका साधन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।

यो नियमहरुको कार्यान्वयनको जिम्मेवारी आगन्तुकलाई “स्पोन्सर” गर्ने व्यक्ति वा कम्पनीले लिनुपर्ने सर्त पनि राखिएको छ । सुरुमा दैनिक १ हजार जना विदेशीलाई मात्रै प्रवेश दिने जापान सरकारको योजना छ । यो संख्या बिस्तारै वृद्धि गरिँदै लैजाने अधिकारीहरुले जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू