अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०८ | Colorodo: 00:23

अमेरिकामा राष्ट्रपति निर्वाचनको लागि बहस सुरु

बिआरटीनेपाल २०७७ असोज १४ गते ६:५६ मा प्रकाशित

अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका प्रतिद्वन्द्वी जो बाइडेन बीच बहस शुरु भएको छ । दुई उम्मेदवारबीच पहिलोपटक ओहायोको क्लिभल्याण्डबाट बहस भएको हो ।

ट्रम्प र बाइडेन बीचको बहस अमेरिकी अर्थतन्त्र, कोरोना भाइरसको सङ्क्रमण र सर्वोच्च अदालत लगायतका विषयमा केन्द्रित हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । हालै राष्ट्रपति ट्रम्पले कर छलेको समाचार सार्वजनिक भएको थियो ।

यता बाइडेनले बहस शुरु हुनुभन्दा केही घण्टाअघि आफ्नो कर विवरण सार्वजनिक गर्नुभएको थियो । दुइ प्रतिस्पर्धिका बीचमा कडा प्रतिस्पर्धा हुने अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू