अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६ | Colorodo: 02:31

अमेरिकामा टिकटकमाथि घोषणा भएको प्रतिबन्ध हट्यो

बिआरटीनेपाल २०७७ असोज ४ गते ७:४० मा प्रकाशित

अमेरिकामा भिडियो शेयरिङ चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध नलाग्ने भएको छ । अमेरिकामा टिकटकको सञ्चालन अधिकारका सम्बन्धमा चिनियाँ कम्पनी बाइटडान्स तथा अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टबीचको सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृति दिएसँगै टिकटकले निरन्तरता पाएको हो ।

चिनियाँ स्वामित्वको एप्लिकेशन टिकटकले प्रयोगकर्ताको सूचना चीन सरकारलाई दिएको आरोप लगाएर राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको भन्दै राष्ट्रपति ट्रम्पले टिकटकमाथि प्रतिबन्धको घोषणा गर्नुभएको थियो । टिकटकले भने यस्तो आरोप अस्वीकार गरेको छ ।

सञ्चालन अधिकारका बारेमा अमेरिकी कम्पनीहरुसँग सम्झौता भएपछि राष्ट्रपति ट्रम्पले अब सुरक्षा शतप्रतिशत निश्चित भएको बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अमेरिकामा टिकटकका झण्डै १० करोड प्रयोगकर्ता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू