अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

चीन र भारतको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान

बिआरटीनेपाल २०७७ भदौ ३१ गते २:०४ मा प्रकाशित

सीमा क्षेत्रमा भएको तनाव कम गर्न भएको वार्ता अघि चीन र भारतको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको बताइएको छ । मस्को सम्झौताअघि दुवै देशका सैनिकबीच करिब २ सय राउण्ड गोली हानाहान भएको भारतीय सञ्चारमध्यमहरुले दावी गरेका छन् । दुवै पक्षले छलफललाई निरन्तरता दिने बताएपनि अर्को वार्ताको मिति भने तोकिएको छैन ।

चिनियाँ विदेशमन्त्री वाङ र भारतीय समकक्षी एस जयशंकरबीच यही सेप्टेम्बर १० मा लद्दाखको सीमामा जारी तनाव कम गर्न सम्झौता भएको थियो । भारतीय उच्च अधिकारीका अनुसार वार्ताअघि पूर्वी एलएसीको प्याङ्गोग तालको उत्तरी किनारामा दुवै देशका सेनाबीच गोली हानाहान भएको हो ।

उक्त गोली हानाहान गत सेप्टेम्बर ७ मा चुसुल सव सेक्टरमा भएको भिडन्त भन्दा ठूलो रहेको बताइएको छ । चुसुल क्षेत्रमा भएको गोली हानाहानको विषयमा दुवै देशले वक्तव्यबाजी गरेर पछिल्लो ४५ वर्षमा सीमा क्षेत्रमा गोली हानाहानको पहिलो घटना भएको दुवै देशले बताएका थिए ।

उक्त घटनामा सीमा क्षेत्र पार गरेको भारतीय पक्षलाई रोक्ने क्रममा घटना भएको चीनको दावी छ । विदेशमन्त्रीस्तरीय वार्तापछि दुवै देशले यसअघिदेखि कायम रहेका सम्झौता र नियमहरुको पालना गर्ने र तनाव बढ्ने गतिविधि नगर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू