अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

विश्वभर १ करोड ९२ लाख ८७ हजार ९ सय भन्दा बढीमा कोरोना संक्रमण, १ करोड २३ लाख ८१ हजार ६ सय भन्दा बढी निको भए

बिआरटीनेपाल २०७७ साउन २३ गते ५:५० मा प्रकाशित

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ९२ लाख ८७ हजार ९ सय ५१ पुगेको छ। जसमध्ये ७ लाख १८ हजार २ सय ९५ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ५० लाख ३२ हजार ८ सय ५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या पनि १ लाख ६२ हजार ८ सय १२ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २९ लाख १७ हजार ५ सय ६२ जना संक्रमित भएकोमा ९८ हजार ६ सय ४४ जनाले ज्यान गुमाएका छन्। यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ २० लाख ३० हजार १ सय जनामा संक्रमण भएकोमा ४१ हजार ६ सय ७३ जनाकोे ज्यान गएको छ।

रसियामा ८ लाख ७७ हजार १ सय ३५ जना संक्रमित भएका छन् भने १४ हजार ७ सय २५ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ५४ हजार ५ सय ३० संक्रमित भएकोमा २८ हजार ५ सय जनाले ज्यान गुमाएका छन्। बेलायतमा ३ लाख ८ हजार १ सय ३४ संक्रमित भएकोमा ४६ हजार ४ सय १३ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख ५५ हजार ४ सय ९ रहेको छ भने २० हजार ४ सय २४ जनाको मृत्यु भइसकेको छ। यस्तै हालसम्म विश्वभर १ करोड २३ लाख ८१ हजार ६ सय ३५ जना निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू