अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

कोभिड–१९ का कारण विश्वभर १ करोड ३९ लाख ८६ हजार ३ सय ११ बढी संक्रमित, ५ लाख ९३ हजार ५ सय २१ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन २ गते ७:३६ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ३९ लाख ८६ हजार ३ सय ११ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ५ लाख ९३ हजार ५ सय २१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ८३ लाख ११ हजार ८ सय ६१ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ४१ हजार १ सय ४३, ब्राजिलमा ७६ हजार ८ सय २२, भारतमा २५ हजार ६ सय ६४, रसियामा १२ हजार १ सय २३, स्पेनमा २८ हजार ४ सय १६, मेक्सिकोमा ३७ हजार ५ सय ७४, बेलायतमा ४५ हजार १ सय १९ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १३ हजार ७ सय ९१ , इटालीमा ३५ हजार १७, फ्रान्समा ३० हजार १ सय ३८, जर्मनीमा ९ हजार १ सय ५७ , क्यानडामा ८ हजार ८ सय २७ र बेल्जियममा ९ हजार ७ सय ९५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ४ सय ७५, बंगलादेशमा २ हजार ५ सय ४७ , अफगानिस्तानमा १ हजार १ सय ४७ , श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८६ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू