अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 07:47

लकडाउनमा विदेशमा ४ सय ६ श्रमिकको मृत्यु– १५१ को शव नेपाल ल्याइयो

बिआरटीनेपाल २०७७ असार २६ गते ७:०९ मा प्रकाशित

वैदेशिक रोजगार बोर्डले लकडाउन सुरु भएयता विदेशमा ४ सय ६ जना नेपाली श्रमिकको मृत्यु भएको जनाएको छ। हालसम्म १ सय ५१ शव नेपाल ल्याइएको छ भने १ सय ९ वटा ल्याउन बाँकी छ। १ सय ४६ वटा शव परिवारको सहमति लिएर रोजगारदाता देशमै अन्तिम संस्कार गरिएको बोर्डले जनाएको छ। लकडाउन सुरुभएयता ३ सय ९१ पुरुष र १५ महिला श्रमिकको ज्यान गएको हो।

मलेसियामा ६३ पुरुष, साउदी अरबमा एक महिला र एक सय ४२ पुरुष, कतारमा २ महिला र ६२ पुरुष, यूएईमा पाँच महिला र ७४ पुरुष, कुवेतमा ६ महिला र ११ पुरुष, बहराइनमा ९ पुरुष, ओमानमा २ पुरुष, दक्षिण कोरियामा ६ पुरुष र अन्य विभिन्न देशमा १ महिला र २२ पुरुषको ज्यान गएको बोर्डले जनाएको छ।

मलेसियामा १७, साउदी अरबमा ६०, कतारमा ४, यूएईमा १३, कुवेतमा ४ तथा बहराइन र दक्षिण कोरियामा एकएक तथा अन्य विभिन्न देशमा ९ वटा शव बाँकी छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू