अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४
| Colorodo: 19:19
बझाङमा आज बिहान गएको पहिरोमा पुरिएर बेपत्ता भएका ७ जनाकै शव भेटिएको छ । पहिरोका कारण १८ घर पूर्ण रुपमा बगाएको र दुई वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् । मृतकको सनाखत भइनसकेको बझाङ्का सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिनुभयो ।
आज बिहान दुइ बजेतिर गएको पहिरोले क्षति भएको हो । पहिरोमा बेपत्ता भएको आशंका गरिएका २८ जना भने गाउँलेको सम्पर्कमा आएका छन् । गाउँमा ४० परिवारको बसोबास रहेको छ । पहिरो गएको गाउँमा उद्धारमा नेपाल प्रहरी, नेपाली सेनाको टोली र स्थानीय खटिएका थिए ।