अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३ | Colorodo: 16:58

जनता समाजवादी पार्टीमा फुट, अशोक राई नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न आयोगमा निवेदन

बिआरटीनेपाल २०८१ वैशाख २३ गते ६:२२ मा प्रकाशित

उपेन्द्र यादव नेतृत्वको सत्तारूढ जनता समाजवादी पार्टी नेपाल फुटेको छ। अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइसकेको सांसद प्रदीप यादवले जानकारी दिनुभयो । ‘हामीले जनता समाजवादी पार्टी नाममा नयाँ पार्टी दर्ता गर्न आयोगमा निवेदन दिएका छौं,’ उहाँले भन्नुभयो, ‘पहिलेको पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल थियो।’

जसपाका सात जना सांसदहरू निवेदन लिएर निर्वाचन आयोग पुगेका छन्। सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठ निर्वाचन आयोगमा गएका थिए । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू