अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

गण्डकी प्रदेशसभामा कांग्रेसको नाराबाजी

बिआरटीनेपाल २०८१ वैशाख २३ गते ७:०४ मा प्रकाशित

संविधानविपरीत गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि कांग्रेसको नाराबाजी चलेको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । तर, सभामुख कृष्ण धितालले खगराजले मागेको विश्वासको मतको पक्षमा ३० मत परेको भन्दै विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो ।

सभामुखको यही कदमलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेको हो । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै यही असंवैधानिक काम केहीबेरमा हुनसक्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू