अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१२ | Colorodo: 15:27

मौसम बदली हुन थालेपछि उखरमाउलो गर्मी कम हुन थाल्याे

बिआरटीनेपाल २०८१ वैशाख २३ गते ७:२५ मा प्रकाशित

मौसम बदली हुन थालेपछि उखरमाउलो गर्मी कम हुन थालेको छ । गर्मीका कारण आक्रान्त भइरहेकोमा हिजोदेखि तापक्रम घट्ने क्रम शुरु भएको हो ।हिजोदेखि नै तराईका जिल्लाको तापक्रम ४० डिग्रीभन्दा तल नै रहन थालेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । तापक्रम अझै घट्दै जानेछ ।

यसपालि केही दिनअघि तापक्रम सबैभन्दा बढी भैरहवामा ४३ दशमलव ६ डिग्री सेल्सियससम्म पुगेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वको केही भू–भागमा हल्कादेखि मध्यम वर्षा हुन थालेको छ । भोलि र पर्सि दशेका अरू भागमा पनि वर्षा हुन थाल्ने महाशाखाले जनाएको छ ।

तापक्रम घटाउनुको साथै धेरैजसो ठाउँको डढेलो पनि निभाउन सक्ने गरी पानी पर्ने अनुमान रहेको मौसमविद् पुडासैनीले बताउनुभयो । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू