अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२७ | Colorodo: 14:42

गृहमन्त्री लामिछानेद्धारा जिवी राईलाई झिकाइदिन मलेसियाका गृहमन्त्रीसँग आग्रह

बिआरटीनेपाल २०८१ वैशाख २३ गते ६:२० मा प्रकाशित

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिवी राईलाई नेपाल झिकाउन सहयोग गरिदिन आग्रह गर्नुभएको छ । लामिछानेको सचिवालयका अनुसार उहाँले टेलिफोन सम्पर्क गरी राईलाई झिकाइदिन सहयोगका लागि आग्रह गर्नुभएको हो ।

राई सहकारी ठगी प्रकरणका प्रमुख आरोपी हुन्। गृहमन्त्री लामिछाने आफैपनि सहकारी प्रकरणमा जोडिनुभएको छ । चार दिन अगाडि मलेसियाली गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपालका गृहमहन्त्री रवि लामिछानेसँग आफ्नो कुराकानी भएको जानकारी दिएपनि जिबी राईको प्रसंग भने उल्लेख गर्नुभएको छैन ।

मलेसियामा काम गर्ने नेपाली कामदारको हित, अन्तर्देशीय अपराधका विषयलगायत बारे कुराकानी भएको उहाँले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू