अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेश मन्त्रीबीच भेटवार्ता

बिआरटीनेपाल २०८१ वैशाख २३ गते ६:५९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र जापानका विदेश मन्त्री कामिकावा योकोबीच भेटवार्ता भएको छ। एक दिने नेपाल भ्रमणमा आएकी जापानी विदेश मन्त्रीले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो । भेटमा उनीहरूबीच दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री आज काठमाडौं आउनुभएको हो । प्रधानमन्त्री प्रचण्ड भेट्नुअघि उहाँले काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गर्नुभएको थियो । त्यहाँ उहाँले कालभैरव,हनुमानढोका र नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्नुभयो । अवलोकनपछि उहाँले बुद्धको मूर्ति खरिद गर्नुभएको थियो ।

उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यसूची छ। परराष्ट्र मन्त्री श्रेष्ठले उहाँको सम्मानमा रात्रिभोज दिँनुभएको छ । जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो । विदेशमन्त्री कामिकावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू