अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३३ | Colorodo: 18:48

अमेरिकामा फ्लोइडको पक्षमा प्रदर्शन जारी, लुटपाट र आगजनी भएपनि स्थिति नियन्त्रण बाहिर

बिआरटीनेपाल २०७७ जेठ २४ गते २२:०१ मा प्रकाशित

दुई साता अघि प्रहरीले नियन्त्रणमा लिने क्रममा भएका अश्वेत अमेरिकन नागरिक जर्ज फ्लोइडको मृत्य भएपछि जारी हिंसात्मक प्रदर्शनहरु अझै रोकिएका छैनन् । जातीय हिंसा र प्रहरीको क्रुरताविरुद्ध हजारौं सर्वसाधारणले अमेरिकालगायत विश्वका विभिन्न देशमा विरोध गरिरहेका छन् ।

रेष्टरेन्टमा सुरक्षा गार्डको रुपमा कार्यरत जर्जले सपिङ मलमा नक्कली नोट देखाएको आरोपमा नियन्त्रणमा लिने क्रममा प्रहरी अधिकारी डेरेक चाउविनले घुँडाले घाँटीमा थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएपछि देशव्यापी आन्दोलन चलिरहेको हो । घटनालगत्तै संलग्न प्रहरी अधिकारीलाई निलम्बर गरी कारवाही प्रक्रिया अघि बढाइएको छ । तर वर्षौदेखि जातीय विभेद कायम रहेको भन्दै अमेरिका, युरोपगलयतका देशमा उक्त घटनाको विरोधमा प्रदर्शनहरु भइरहेका छन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारी चलिरहेका बेला जर्ज हत्याको विरोधमा प्रदर्शनहरु भइरहेका हुन् । प्रदर्शनहरु हिंसात्मक हुँदै गएपछि लुटपाट र आगजनीका घटनाहरु पनि बढीरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकाको वासिङ्टन पोष्ट पत्रिकाको तथ्यांक विवरणअनुसार सन् २०१९ मा अमेरिकामा प्रहरीको गोली लागेर एक हजार १४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा अश्वेत अमेरिकीहरुको अनुपात धेरै रहेको अध्ययनहरुले देखाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू