अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:००
| Colorodo: 07:15
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताउनुभएको छ । संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा बिहीबार सो सम्बन्धी पत्र लेख्दै उहाँले राष्ट्रियसभाको बैठकभत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने जानकारी गराउनुभएको छ ।
पत्रमा तिमिल्सिनाले मुलुक कोरोना भाइरस सङ्क्रमणको महामारीविरुद्ध लडिरहेको बेला सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सरकारको निर्णयसँगै आफूले बैठकभत्ता र भ्रमणभत्ता नलिने उल्लेख गर्नुभएको छ । उक्त भत्ता सरकारको राजश्व खातामा जम्मा गरिदिनसमेत उहाँ पत्रमार्फत अनुरोध गर्नुभएको छ ।