अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७ | Colorodo: 00:12

कोभिड–१९ बाट विश्वभर मृत्यु हुनेको संख्या ३९ हजार, ८ लाखभन्दा बढी संक्रमित

बिआरटीनेपाल २०७६ चैत १८ गते ७:१५ मा प्रकाशित

नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारी का कारण विश्वभर ३९ हजार १९ जनाको मृत्यु भएको छ । भाईरसबाट संक्रमितको संख्या झण्डै ८ लाख २ हजार ७ सय ४८ पुगेको छ । संक्रमण भएरपनि उपचार पछि घर फर्कनेको संख्या १ लाख ७२ हजार ३ सय १९ रहेको छ ।

कोरोना संक्रमणका कारण अमेरिकामा ३ हजार १ सय ७५, इटालीमा ११ हजार ५ सय ९१, स्पेनमा ८ हजार १ सय ८९, जर्मनीमा ६ सय ८२, फ्रान्समा ३ हजार २४ तथा इरानमा २ हजार ८ सय ९८ जनाको ज्यान गएको छ ।

संक्रमणका कारण चीनमा ३ हजार ३ सय ५, बेलायतमा १ हजार ४ सय ८, स्वीट्जरल्याण्डमा ३ सय ७३, बेल्जियममा ७ सय ५, नेदरल्याण्डस्मा १ हजार ३९, ईन्डोनेसियामा १ सय ३६ जानको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू