अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 23:09

‘कोरोनाभाइरस’बाट चीनमा मृत्यु हुनेको संख्या दुई हजार २०० भन्दा बढी

बिआरटीनेपाल २०७६ फागुन ९ गते ८:३६ मा प्रकाशित

‘कोरोनाभाइरस’को संक्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको संख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए तापनि संक्रमितको संख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाएको छ ।

शुक्रबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरिमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार २३६ पुग्नुका साथै ७५ हजार ५७६ व्यक्ति संक्रमित भएका छन् । भाइरसको सुरुवात भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत संक्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेई प्रान्तको रहेका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू