अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४
| Colorodo: 18:29
पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसममा आजदेखि सुधार हुँदै गएको छ । गत पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको न्यून चापीय प्रणाली उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने मौसमविद् सजिना शाक्यले बताउनुभयो । आजै साँझबाट मौसम क्रमिक सुधार भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति देशका मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिदेखि देशका पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
पर्सि देशका पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।