अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

सफा हिमाल अभियान : संकलित फोहर हस्तान्तरण

बिआरटीनेपाल २०८१ जेठ ४ गते ६:३८ मा प्रकाशित

यस वर्षको सफा हिमाल अभियानअन्तर्गत फोहर संकलन गरी सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको छ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा हालसम्म आठ हजार ६ सय २० किलो फोहर संकलन गरी त्यसमध्ये २ सय ५० किलो कुहिने फोहर समितिलाई हस्तान्तरण गरिएको हो ।

यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहर तथा पाँचवटा मानव शव संकलन तथा व्यवस्थापन गर्ने योजना रहेको सेनाले जनाएको छ । सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ । टोलीले सगरमाथाको क्याम्प–४ बाट एक र ल्होत्से हिमालको शिखर नजिकबाट एक जनाको शव निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू