अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

संसदमा कांग्रेसले असभ्य व्यवहार देखायो, अपशब्द बोल्योः एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०८१ जेठ ४ गते ७:४६ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असभ्य व्यवहार देखाएको बताउनुभएको छ । शुक्रबार शीर्ष नेताबीचको छलफलबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै ओलीले बिहीबारको प्रतिनिधि सभामा कांग्रेसले असभ्य व्यवहार देखाएको बताउनुभयो । ‘कांग्रेसहरूले उत्ताउलो पन देखाए। मन्त्रीको रो भित्र छिर्ने, म बसेको ठाउँमा आउने, अनेक अपशब्द बोल्ने, यो सभ्य व्यवहार भएन,’ ओलीले भन्नुभयो।

बिहीबारको संसद बैठकमा नेपाली कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल भएको थियो। प्रतिपक्षी कांग्रेस सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको अवस्थामा सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिनुभएको थियो । कांग्रेसले गृहमन्त्रीलाई रोक्न खोजेपछि ओलीले कांग्रेसका धनराज गुरूङलाई बोलाएर त्यहाँबाट हट्न भन्नुभएको थियो । ओलीले हट्न भनेपछि कांग्रेस सांसद गुरूङले थप जोडतोडका साथ नारा लगाउनुभएको थियो ।

शुक्रबार पत्रकारहरूले त्यसबारेमा सोध्दा ओलीले अध्यक्ष ओलीले कांग्रेसका सांसदहरुले सरकारबाट आफूले हटाइदिएको आरोप लगाएर रिस देखाएको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू