अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७ | Colorodo: 00:12

प्रधानमन्त्री प्रचण्ड र कांग्रेसबीचको छलफल भोलि बिहानका लागि सर्‍यो

बिआरटीनेपाल २०८१ जेठ ४ गते ७:४० मा प्रकाशित

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको छलफल शनिबार बिहानका लागि सार्नुभएको छ । शुक्रबार बेलुका ६ बजेलका लागि बोलाएर संसद बैठक आइतबारसम्म सारिए पनि कार्यव्यस्तताको कारण देखाउँदै कांग्रेससँगको छलफल शनिबार बिहान ९ बजेका लागि सारिएको हो।

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडानका कारण बिहीकार संसदको बैठकमा धकेलाधकेलको अवस्था सिर्जना भएको थियो। सहकारी ठगीका विषयमा छानबिन गर्न समिति बनाउन प्रधानमन्त्री, लामिछानेको दल रास्वपा र विपक्षी कांग्रेस तयार भए पनि रविको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा कुरा नमिलेको अवस्थामा बिहीबारको घटना भएको थियो। घटनापछि दलहरु थप टाढिएका छन्।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठकका लागि संसद भवन बानेश्वर पुगेपछि मात्रै दलहरुबीच संवाद सुरु भएको थियो। प्रधानमन्त्रीले आग्रह गरेपछि सभामुख घिमिरेले सदन आइतबारका लागि सार्न तयार हुनुभएको हो । कांग्रेससँगको भेटमा प्रधानमन्त्री छानबिनका लागि समिति बनाउन तयार भए पनि सत्ता पक्षको ठूलो दल एमाले यसका लागि तयार छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू