अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

ओखलढुंगामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ जना घाइते

बिआरटीनेपाल २०८१ जेठ ४ गते ६:३६ मा प्रकाशित

ओखलढुंगामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । लिखु–४ हाइड्रोपावरका कामदार लिएर ड्यामतर्फ जाँदै गरेको ट्रयाक्टर ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका १ रगनीको होल्पुमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।

को. २ त ८६२६ नम्बरको ट्रयाक्टर दुर्घटनामा १८ जना घाइते भएका र यीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा खिजीदेम्बा गाउँपालिका ३ का २१ वर्षीय आयुष सुनुवार रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा खिजीदेम्बा ३ का २७ वर्षीय सुनिल सुनुवार, रामेछाप उमाकुण्ड ७ का २६ वर्षीय मनोज नेपाली, सोही स्थानका ३१ वर्षीय श्यामबहादुर सुनुवार, २८ वर्षीय श्यामकुमार सुनुवार, ७० वर्षीय सञ्जय सुनुवार र २८ वर्षीय होमबहादुर सुनुवार रहेका छन् ।

शुक्रबार बिहान करिब ९ बजेको समयमा भएको उक्त दुर्घटनाका १२ जना घाइतेहरूलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । ट्याक्टरमा २० जना सवार रहेको बताइएको छ । ट्रयाक्टर चालक धनकुटाको महालक्ष्मी ५ का ३८ वर्षीय यमबहादुर निरौला प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू