अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन छानबिन समिति चाहिएको हो : सांसद महत

बिआरटीनेपाल २०८१ जेठ ४ गते ६:३५ मा प्रकाशित

नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन हुनेगरी संसदीय छानविन समिति बनाउनुपर्ने बताउनुभएको छ । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन गर्नका लागि संसदीय छानविन समिति आवश्यक भएको बताउनुभएको हो । उहाँले सहकारी ठगि प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै उहाँलाई छानबिनको परिधिभित्र ल्याउनुपर्ने बताउनुभयो ।सांसद महतले गृहमन्त्री लामिछाने शक्तिमा भएकाले सो उपर भइरहेको छानविनमा अनुचित प्रभाव पर्नसक्ने भन्दै सोही कारण संसदीय छानबिन समितिको माग गरिएको बताउनुभयो । उहाँले सत्ता र शक्तिमा हुनेहरु छानबिनमा नआउने तर सत्ता र शक्ति बाहिर हुनेहरु छानबिनमा आउनेगरी समिति बन्नु नहुने उहाँको भनाई छ ।

‘गृहमन्त्री पनि संलग्न हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ । त्यसो हुनाले छानबिनको दायरामा सबै आउनुपर्यो उहाँ लगायत । उहाँको पनि आउनुप¥यो । जति पनि सहकारी पीडित छन् त्यसको पनि छानबिन गर्नुस् । यद्यपी राज्य संरचनाले कतिपय कुराहरु गरि पनि राखेको छ । अब त्यो विषय पनि संसदीय छानबिन समितिले नै हेरोस् । रविजी शक्तिमा पनि हुनुहुन्छ । जिम्मेवारीमा पनि हुनुहुन्छ । त्यसकारण यो छानबिन प्रक्रियामा अनुचित प्रभाव पर्ने सम्भावना छ । त्यसो हुनाले हामीले संसदीय छानबिन समितिको माग गर्यौ  । होइन भने त्यस्तो आवश्यकता पर्दैन थियो । त्यसो हुनाले उहाँको विषय पनि त्यहाँ उल्लेख हुनुपर्यो । ।’ सांसद महतले भन्नुभयो ।

सांसद महतले गिरिबन्धु टि स्टेटको सम्पूर्ण निर्णय प्रक्रियामा सत्तारुढ दलहरुनै संलग्न भएको भन्दै काँग्रेसको कुनै संलग्नता नरहेको जिकिर गर्नुभयो । उहाँले सो सम्बन्धमा अदालतको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको पनि बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू