अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिने

बिआरटीनेपाल २०८१ जेठ ४ गते ७:१३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते सोमबार विश्वासको मत लिनु हुने भएको छ । चौथो पटक विश्वासको मत लिनेबारे उहाँले सभामुख देवराज घिमिरेलाई जानकारी गराउनु भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नु भएको हो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

विश्वासको मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले साना दललाई पनि सरकारमा समेट्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू