अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन जेठ ४ गतेदेखि काठमाडौंमा

बिआरटीनेपाल २०८१ जेठ ४ गते ६:३९ मा प्रकाशित

१६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन जेठ ४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।  नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सम्मेलन जेठ ४ गते (भोलि) बाट ६ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन गर्ने बताउनुभयो । सम्मेलनमा तय गरिएका विविध विषयहरुमा कानून व्यवसायीहरुले आफ्नो कार्यपत्र प्रस्तुत गरी सो उपर छलफल हुुने र कानूनको अध्ययन तथा अनुसन्धानमा स्थापित निकायहरुको तर्फबाट समेत सम्मेलनमा कार्यपत्र प्रश्तुत हुने जानकारी दिनुभयो ।

अध्यक्ष घिमिरेले न्यायलयमा व्याप्त विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि कार्की प्रतिवेदनको कार्यान्वयन गर्दै न्यायिक सुशासन र नागरिकको न्यायिक अधिकार सुनिश्चित गर्न आवश्यक रहेको पनि बताउनुभयो । नेपाल बार एशोसिएशनको २०८० मंसिर २४ र २५ गते चितवनमा सम्पन्न केन्द्रिय कार्यकारिणी परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीशहरुको पदावधिको सम्बन्धमा एक अध्ययन समिति गठन गरी सो सम्बन्धी निर्णय लिनका लागि सम्मेलनमा प्रश्ताव पेश गर्नेसमेत बताउनुभयो । न्याय प्रशासनलाई आधुनिकीकरण, विकसित, स्वच्छ, निष्पक्ष तथा न्याय उन्मुख बनाउन समेत सम्मेलन कोशेढुंगा सावित हुने जिकिर गर्नुभयो ।

अध्यक्ष घिमिरेले ‘सक्षम कानून व्यवसायी, मर्यादित बारः न्यायपालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढिकरणको आधार’ भन्ने नाराका साथ सम्मेलन आयोजना हुने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू