अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

धरौटी बुझाउन नसकेपछि दिपेश पुन कारागार चलान

बिआरटीनेपाल २०८१ वैशाख ७ गते ७:४७ मा प्रकाशित

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन चार लाख रुपैयाँ जम्मा गर्न नसकेपछि कारागार चलान भएका छन्।जिल्ला अदालत रूपन्देहीले शुक्रबार सुप्रिम सहकारी ठगी प्रकरणमा पुनलाई चार लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो।सहकारी ठगी प्रकरणमा अध्यक्ष ओमप्रकाश गुरूङ लगायत ६ जनासहित पक्राउ परेका पुनलाई जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले धरौटीमा छोड्ने आदेश दिएको थियो।

पुनसहित धरौटीमा छोड्न आदेश दिएको नविन अछामीले पनि धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन्। अछामीसँग १० लाख धरौटी माग गरिएको थियो।जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले पुन र अछामीले धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान गरिएको जानकारी दिनुभयो। धरौटी जम्मा गरेपछि भने उनीहरू रिहा हुनेछन्।जिल्ला कारागार भैरहवाका प्रमुख जगत बहादुर बस्नेतले सुप्रिम सहकारी ठगी प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङसहित पुन र अछामी कारागार आएको बताउनुभयो।

धरौटीमा छोड्न आदेश गरिएका दुर्गा चापागाईं पाण्डेय, नीता थापामगर, दीपक गुरुङ र रोशनी गुरुङ भने धरौटी रकम बुझाएर छुटेका छन्। दुर्गा चापागाईं पाण्डेयसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरूङसँग २/२ लाख रुपैयाँ धरौटी माग गरिएको थियो।बचतकर्ताहरूको ९६ करोड बढी रकम ठगी प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङलाई भने थुनामा पठाउने आदेश भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू