अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

आमरण अनशनरत किसान श्रीराम घिमिरेकाे अवस्था नाजुक बन्दै

बिआरटीनेपाल २०८१ वैशाख ७ गते ७:३६ मा प्रकाशित

काठमाण्डौको रत्नपार्कको शान्तिबाटिकामा आमरण अनशन बस्नुभएका किसान श्रीराम घिमिरेको स्वास्थ्य अवस्था नाजुक रहेको छ ।पाँच बुँदे माग राखेर आमरण अनशन बस्नुभएका नुवाकोटको ककनी गाउँपालिकाका किसान घिमिरको स्वास्थ्य अवस्था नाजुक बनेको शङ्कर घिमिरेले जानकारी दिनुभयो । अहिले डाक्टर निकोलस भुसालले उहाँको स्वास्थ्य अवस्थाबारे बुझिरहनुभएको घिमिरेले बताउनुभयो ।

किसान घिमिरे अनशन बसेको आज सात दिन पुगेको छ । उहाँले कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत छुट्याउनुपर्ने, कृषिजन्य उत्पादनको समर्थन मूल्य तोकी मल, बिउबिजन र औजार पूर्ण अनुदानमा व्यवस्था गर्नुपर्ने, प्रोजेक्टको आधारमा ५० लाख रुपैयाँसम्म एक प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर गएको वैशाख १ गतेदेखि आमरण अनशन शुरु गर्नुभएको थियो । किसान घिमिरे यसअघि गएको वर्षको वैशाख ५ गते पनि आमरण अनशनमा बस्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू