अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७ | Colorodo: 17:22

विश्व बैंकले माथिल्लो अरुण जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन गर्ने

बिआरटीनेपाल २०८१ वैशाख ७ गते ७:२९ मा प्रकाशित

विश्व बैंकले सङ्खुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन गर्ने भएको छ । अमेरिका भ्रमणमा रहनुभएका अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक उच्च नेतृत्वबीच वाशिङ्टन डीसीमा भएको वार्तामा माथिल्लो अरुणको वित्तीय व्यवस्थापनबारेमा सहमति जुटेको भ्रमण टोली सदस्य एवम् अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिनुभयो । मन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैंकको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको हो ।

नेपाल सरकारले सैद्धान्तिक स्वीकृति दिएपछि वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता हुनेछ । माथिल्लो अरुणका लागि जग्गा प्राप्ति र मुआब्जा वितरण पनि अन्तिम चरणमा पुगेको छ । बिजुलीको उच्च माग हुने हिउँदको छ महिना दैनिक छ घण्टा पूर्ण क्षमतामा सञ्चालन गरिने माथिल्लो अरुण महत्त्वपूर्ण योजना रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू