अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

दिपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न अदालतको आदेश

बिआरटीनेपाल २०८१ वैशाख ७ गते ७:२८ मा प्रकाशित

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ परेको पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटीमा रिहा भएका छन् । रुपन्देही जिल्ला जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद उप्रेतीको इजलासले दिपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

इजलाशले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको छ । अदालतले दीपेश पुनबाट ४ लाख, नविन अछामीबाट १० लाख, लिला चापागाईंबाट १८ लाख, दीपक न्यौपानेबाट ४ लाख ४५ हजार, निता थापा मगरबाट २ लाख र रोशनी गुरुङबाट २ लाख धरौटी माग गरेको रुपन्देही जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिनुभयो ।

अदालतले तोकेको धरौटी रकम बुझाएपछि उनीहरु रिहा हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू