अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ : प्रधानसेनापति शर्मा

बिआरटीनेपाल २०८१ वैशाख ७ गते ७:२६ मा प्रकाशित

प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–तराई/मधेश द्रुतमार्गको लागत हालसम्म नबढेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले काठमाडौं–तराई/मधेश द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताउनुभएको हो ।प्रधान सेनापति शर्माले अहिले सेनाले पुल र टनेल निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो । उहाँले फास्ट ट्रयाक निर्माण सम्पन्न नहुँदा लागत बढिरहेको भन्ने प्रचार भएको भन्दै सो प्रचारमा सत्यता नभएको बताउनुभयो ।

प्रधान सेनापति शर्माले हालसम्म निर्धारित बजेट भित्रैबाट काम भइरहेको भन्दै कुनैपनि लागत नबढेको बताउनुभयो । उहाँले तोकिएकै बजेट भित्र रहेको र तोकिएकै समयभित्र रहेको भन्दै निर्धारित समयमै काम सम्पन्न गर्न नेपाली सेना ढुक्क रहेको बताउनुभयो । प्रधान सेनापति शर्माले काठमाडौं–तराई/मधेश द्रुतमार्गको हालसम्मको भौतिक प्रगति ३३.२ प्रतिशत रहेको बताउनुभयो । उहाँले आयोजनाको वित्तीय प्रगति भने ३३ प्रतिशत पुगेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू