अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८ | Colorodo: 12:43

इरान–इजरायल युद्ध थप बढ्ने सम्भावना तत्कालका लागि रोकियो

बिआरटीनेपाल २०८१ वैशाख ३ गते ९:०८ मा प्रकाशित

शनिवार राति इरानले इजरायलमाथि गरेको आक्रमणका कारण मध्यपूर्वका देशमा फैलन सक्ने सम्भावित ठूलो युद्ध तत्कालका लागि रोकिने सम्भावना बढेको छ । इजरायल–हमास युद्ध चलिरहेकै बेला इरानले इजरायलमा एकैरात तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेपछि तत्काल ठूलो युद्धको सम्भावना बढेको थियो । तर अमेरिकी राष्ट्रपति जो वाइडेनले तत्काल इरानविरुद्ध जवाफी आक्रमण नगर्न दवाव दिएपछि इजरायल पछि हटेको छ ।

इजरायलको मन्त्रिपरिषद बैठकले इरानी आक्रमणको उपयुक्त समयमा जवाफ दिने निर्णय गरेपछि तत्कालका लागि दुई देशबीचको युद्ध रोकिने देखिएको हो । दुवै देश एकआपसमा भिडेमा अमेरिका, बेलायत, फ्रान्स लगयातका देश पनि इजरायलको सुरक्षामा तत्कालै सहभागी हुने र मध्यपूर्वका अरु देशहरु इरानको पक्षमा रहँदा ठूलो युद्धको सम्भावना थियो ।

तर इरानले अब थप आक्रमण नगर्ने बताउनु, अमेरिकाले तत्काल इरानविरुद्ध आक्रमण नगर्न इजरायललाई दवाव दिनु र आफू पनि युद्धमा सहभागी नहुने बताउनु तथा इजरायलले पनि उपयुक्त समयमा जवाफ दिने भन्दै कुटनीतिक निर्णय गर्नुले युद्ध नफैलने सम्भावना बढेको बीबीसीले जनाएको छ ।

शनिवार राति इरानले प्रहार गरेका तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतभन्दा धेरैलाई प्रतिरक्षा प्रणालीले नष्ट गरिदिएको थियो । ड्रोन तथा क्षेप्यास्त्र नष्ट गर्न इजरायललाई अमेरिका, बेलायत र फ्रान्स लगायतका देशले पनि सहयोग गरेका थिए । इरानले गरेको अत्याधुनिक रकेट प्रहारलाई विफल बनाएको कारण अहिले विश्वभर नै इजरायली प्रतिरक्षा प्रणालीको चर्चा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू