अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 13:02

इरानले इजरायलमा आक्रमण गर्न सक्ने अनुमानपछि भारतसहितका पाँच देशले गरे ‘ट्राभल एड्भाइजरी’ जारी

बिआरटीनेपाल २०८१ वैशाख १ गते ७:४८ मा प्रकाशित

इरानले इजरायलमा तत्कालै आक्रमण गर्न सक्ने अनुमानपछि भारतसहितका ५ देशले ट्राभल एड्भाइजरी जारी गरेका छन् । नागरिकलाई इरान र इजरायलमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ । भारत, अमेरिका, बेलायत, रुस र फ्रान्सले आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । भारतले हिजो बेलुका ट्राभल एड्भाइ जारी गरी आफ्ना नागरिकलाई अर्को सूचना नभएसम्म इरान र इजरायलको यात्रा नगर्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले इरान वा इजरायलमा बस्ने भारतीयले त्यहाँको दूतावासमा सम्पर्क गरी आफूलाई दर्ता गराउन, आफ्नो सुरक्षाका उपायहरु अपनाउन र सकेसम्म बाहिर ननिस्कन भनेको छ । गएको अप्रिल एक तारिखमा इजरायलले सिरियामा इरानी दूतावासनजिकै हवाई आक्रमण गरेको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने चेतावनी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू